|

काठमाडौं : निवर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै आफूले माहुरीझैँ खटेर काम गरेको बताएका छन्।

पुनर्गठित मन्त्रिमण्डलमा नपरे पनि निवर्तमान मन्त्री विष्टले थप ऊर्जा र प्रेरणासहित बाहिरिएको पनि जनाएका छन्।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ’ विष्टले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु– थप ऊर्जा र प्रेरणाका साथ।’

सामाजिक सुरक्षा, वैदेशिक रोजगारीदेखि श्रममा ठगिएकालाई न्याय दिलाएर लोकप्रिय बनेका विष्टको बहिर्गमनप्रति धेरैलाई चित्त बुझेको देखिएको छैन।

तैपनि, काम गर्न अवसर दिएको भन्दै विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद भने दिन छुटाएका छैनन्।

‘मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’ उनले लेखका छन्, ‘सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.