|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति तीव्र असन्तुष्टि जनाएका नेकपा नेता प्रभु साहलाई अर्का नेता विष्णु रिजालले कडा जवाफ फर्काएका छन्। 

मन्त्रीको दौडबाट बाहिरिएपछि बिहीबार आक्रोशित हुँदै साहले सामाजिक सञ्जालमा मन्त्रिपरिषद् पुनर्गठनबाट आफू लज्जित भएको टिप्पणी गरेका थिए। 

साहको यो टिप्पणीमा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले अझै कडा टिप्पणीसहित प्रतिक्रिया दिएका छन्। 

'पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ। मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो', उनले भनेका छन्, 'तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्‍नु आपत्तिजनक छ। कसैले उहॉसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ?'

रिजालले पार्टीको भर्खरै बनेको अनुशासन आयोगले यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिमा ध्यान दिनुपर्ने पनि उल्लेख गरे। साहलाई रिजालले काशी तिवारी हत्याकाण्ड पनि सम्झाएका छन्। 'अँ, साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र?', साहप्रति लक्षित गर्दै उनले भनेका छन्, 'सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है।'

के हो तिवारी हत्याकाण्ड?

हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको वीरगञ्जमा गोली हानी हत्या भएको थियो। । यो प्रकरणमा दोषी ठहर भइ जेलमा रहेका सियाराम कुशवाहलाई सर्वोच्च अदालतले २०७५ पुसमा रिहा गर्न आदेश दिइसकेकोछ 

उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो। तर सर्वोच्च अदालतले उक्त फैसला उल्ट्याएको हो । उनलाई सर्वोच्चमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सफाइ दिएको थियो।

कुशवाह तत्कालिन नेकपा माओवादीबाट रौतहटको कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए। उनी मेयर निर्वाचित हुनुअघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव थिए ।

हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज-१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै गोली हानेर हत्या भएको थियो। हत्या अभियोगमा जेल सजाय भोगिरहेका मेयर सियाराम कुशवाहाले सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो।

जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलाशकले गत फागुन २८ मा कुशवाहाविरुद्ध जन्मकैदको सजाय सुनाएको थियो। हिन्दू युवा संघका संस्थापक अध्यक्ष तिवारीको २०६७ असार १२ गते वीरगञ्ज-१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.