|

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्‍य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूले अध्ययन र अनुभवका आधारमा काम गर्ने बताएका छन्। बिहीबार मन्त्रीको शपथग्रहणलगत्तै मन्त्रलयको कार्यभार सम्हाल्ने क्रममा मन्त्री भट्टले अहिलेको आवश्‍यकताअनुसार काम गर्ने बताएका हुन्।

विचार गरेर हिजोकै कामलाई निरन्तरता दिइने र कमी कमजोरी सच्याउँदै जाने पनि उनले बताए। हिजोका सोच, चिन्तन र कार्यशैलीहरू पुराना भइसकेको हुनाले नयाँ अनुभव संविधानको अधिकार र नियम कानुनअनुसार अघि बढ्ने उनले बताए।

उनले भने,'विचार गरेर हिजोकै कामलाई निरन्तरता दिने हो। कमी कमजोरी भए सच्याउँदै संविधानको अधिकार र नियम कानुनअनुसार अघि बढ्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.