|

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी खोसिएसँगै मन्त्री गोकर्ण विष्ट पैदलै हिँडेर सिंहदरबारबाट बाहिरिए। बिहीबार दिउँसो केही सहयोगीसहित उनी सिंहदरबारबाट हिँड्दै बाहिरिए।

सिंहदरबारबाट पैदलै निस्किएका उनी त्यहाँबाट ट्याक्सी चडेर घरतर्फ लागे। बुधबार अबेरसम्म काममा खटिएमा मन्त्री विष्ट बिहीबार पनि मन्त्रालय उपस्थित भएका थिए। मन्त्री हेरफेरको चर्चा भइरहँदा उनी बुधबार बिहानै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर काममा खटिएका थिए। 

मन्त्रिमण्डल पुनर्गठनपछि श्रममन्त्रीबाट बाहिरिएका विष्टले आफ्नो कार्यकालमा माहुरीले जस्तै काम गरेको प्रतिक्रिया दिए। मन्त्रालयबाट सिंहदरबार दक्षिण गेटसम्म पैदल निस्किएका उनलाई सहयोगीहरुले ट्याक्सी चढेर घरतर्फ बिदाइ गरे।

जाँदा जाँदै के भने ? भिडियो

उनले मन्त्री हुनु र हट्नु स्वभाविक भए पनि आफूले धेरै काम गरेको बताए। केही गर्न बाँकी रहेको अवस्थामा बाहिरिनुपरेको उनले बताए। 

उनी मन्त्री भएपछि संविधानले व्यवस्था गरेको हरेक नागरिकलाई रोजगारी दिने योजना कार्यन्वयनको लागि भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका थिए। त्यस्तै नयाँ युगको सुरुवात संज्ञा दिएर सामाजिक सुरुक्षाका कार्यक्रम पनि उनैले अघि बढाएका थिए।

सबै नागरिकलाई देश भित्र रोजगारी दिनुपर्ने संवैधानिक व्यवस्थाविपरीत युवाहरु विदेश पठाउन श्रम सम्झौता गर्दै हिँडेको भन्दै उनको आलोचना पनि भएको थियो। उनीमाथि मलेसियाको रोजगारी लामो समय बन्द हुनुलाई दोषी मानिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.