घनश्‍यामलाई रोजेको मन्त्रालय, सिद्धान्त उत्रेला व्यवहारमा?

|

काठमाडौं : बुधबार मध्यान्ह १२ बजे सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अगाडि कर्मचारीहरुको लामो लाइन देखियो। कतिका हातमा खादा थिए त कतिका हातमा फूलका थुँगा र माला। केही समयको प्रतिक्षापछि नवनियुक्त मन्त्री घनश्‍याम भुसाल दौरा सुरुवालमा सजिएर चम्किलो अनुहार बनाउँदै मन्त्रालय परिषरमा आइपुग्छन्।

मन्त्री आइपुगेको खबर पाएसँगै सचिव डा. युवकध्वज जिसी सबैभन्दा अगाडि आएर फूलका थुँगा दिन्छन अनि खादा लगाइदिन्छन्। क्रमश: मन्लायको प्रांगणदेखि आफ्नो कार्यकक्ष पुग्दासम्म फूल, खादा थाप्न मन्त्री भुसालललाई २० मिनेट लाग्यो। 

मन्त्री भुसालमामाथिको धेरैले विश्वास र आशा पनि गरेका छन्। यो पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा धेरै उनीबाट अपेक्षा गरेका छन्। दर्शन र सिद्धान्तका मीठा कुरा गर्ने उनी कृषि मन्त्रालयमा कति खरो उत्रिन्छन् चासोको विषय भएको छ।

उनका शुभेच्छुकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालयमा सबैभन्दा बढी बिचौलियाको चलखेल हुने भन्दै उनलाई सफल हुन गाह्रो हुने चिन्ता व्यक्त गरेका छन्। निवर्तमान मन्त्री चक्रपाणि खनालले पनि बिचौलियाबाट बच्न कठिन रहेको प्रतिक्रिया दिँदै आएका थिए। 

कार्यकर्ता र शुभेच्छुकको चिन्तालाई सम्बोधन गर्न उनले पहिलो अभिव्यक्ति कडारुपमा दिए। 'म दुईवटा कुराबाट प्रभावित हुँदिन,' उनले भने, 'एउटा लोभबाट प्रभावित हुँदिन, अर्को डरबाट प्रभावित हुनेछैन।'

मन्त्रीको यो भनाइलाई कसैले घुस दिँदा या आर्थिक लाभका लागि प्रभावित नहुने र त्रास देखाउँदा पनि नझुक्नेका रुपमा बुझ्न सकिन्छ। विगतमा बजार अनुगमनका क्रममा मन्त्रीहरुमाथि जाइलागेको यथार्थबीचच मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

को हुन् भुसाल

भुसाल रुपन्देही तिलोत्ततमा नगरपालिका-९ का स्थायी बासिन्दा हुन्। उनी रुपन्देही-३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। 

मन्त्री हुनुअघि अर्थसमिति सदस्यका रहेका उनी २०१८ भदौ २६ मा स्याङ्जामा जन्मिएका हुन्। समाजशास्त्रमा स्नाकोत्तर उनी २०३५ सालमा तत्कालीन मालेबाट राजनीति प्रवेश गरेका थिए।

२०३६ सालदेखि अनेरास्ववियुमा आवद्ध उनी  २०४४ देखि ४८ सम्म त्यस संगठनको महासचिव भएका थिए। एमाले रुपन्देही सचिवको भूमिका निर्वाह गरेका उनी २०५३ सालमा सांसदमा निर्वाचित भएका थिए। 

२०७१ सालमा एमाले उपमहासचिवमा निर्वाचित अहिले नेकपाका स्थायी समिति सदस्य छन्। २०३७ सालदेखि २०४६ सालसम्म पटक पटक गरेर तीन वर्ष जेल जीवन विताएका छन्। 

विनाविभागीयपछि विभागीय मन्त्री

मन्त्रीका रुपमा भुसाल दोस्रो कार्यकालका लागि सिंहदरबार पसेका छन्। उनी यसअघि विनाविभागीय मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्‍मा उनले विनाविभागीय मन्त्रीको जिम्मेवारी लिएका हुन्। उनले भने विनाविभागीय भन्‍ने गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने मन्त्री भएको उनले बताउने गरकेा छन्। 

अहिले दुईवटा मन्त्रालय गाभेर बनाइएको बागडोर उनको हातमा आएको छ। दुईजना सचिव भएको मन्त्रालयको जिम्मेवारी उनले लिएका छन्। 

रोजेको मन्त्रालय

मन्त्री भुसालले आफूले रोजेको मन्त्रालय भएको बताएका छन्। मन्त्री दिने राजनीतिक निर्णय भए पनि कृषि मन्त्री आफूले रोजेको मन्त्रालय भएको उनले बताए। 'यो राजनीतिक निर्णय हो। कृषि मन्त्रालय मेरो रोजाइको मन्त्रालय हो' मेरो पढाइ र सिद्धान्तले पनि यो मन्त्रालय उपयुक्त हुन्छ', मन्त्री भुसालले भने। 

उनले आफूले यस मन्त्रालयमा बसेर काम देखाउन चाहेको भन्दै राजनीतिक कारणले काम देखाउन कर्मचारीलाई समस्या नपार्ने बताए। उनले यस्ताका कार्यको घृणा गर्ने समेत बताए। 

दलाल पुँजीवादीबाट मुक्ति

सार्वजनिक कार्यक्रममा भनेजस्तै उनले अहिले उत्पादन नबढाउने र ऋण खाने भएको भन्दै 'कुत'खाने प्रवृत्ती भएको बताए। आफूले भने जस्तै यो दलालल पुँजीवादी प्रवृत्ति भएको उनको भनाइ छ। मैले भन्‍ने गरेको छु, 'दलाल पुँजीवादी प्रवृत्ति र कुत खाने उस्तै हो।' 

कृषिमा मन्त्रलयमा उनले उत्पादन नबढाउने र ऋण खोज्ने प्रवृत्ति नराम्रो भएको भन्दै गर्दा उत्पादनका लागि गर्ने नीतिगत निर्णयको पर्खाइ खोजिएको छ। साथै उनले गुजारा श्रम र पराम्परागत कृषि प्रणाली अन्त्य गर्न पर्ने भएको ले यो सम्भव र जटिल विषय भएको बताए। 

उनले गुजारा श्रमको मुक्त गर्ने बताइरहदा १० रुपैयाँमा उत्पादन भएको तरकारी २०० रुपैयाँमा बिक्री भएको स्थितिलाई कति चर्न सक्छन् भन्‍ने पर्खाइ रहेको छ। 

डा. सचिव, विद्‍वान मन्त्री

नेपाल सरकारका सचिवहरूमा केही पिएचडी गरेका सचिवहरू रहेका छन् त्यसैमध्येका कृषि सचिव पनि हुन्। उनले प्राज्ञिक व्यक्ति यो मन्त्रालय आवश्‍यक रहेको बताए।

भुसालको सिद्धान्तअनुसार काम गर्न पनि सहज हुने सचिवहरुले बताएका छन्। विगतमा काम गर्न चाहेर नसकेको स्थिति निवर्तमान मन्त्री चन्द्रप्रकाश खनालले सुनाउँदै आएका छन्।

तर उनले भने लाभ वा डर बाट प्रभावित नहुने व्यवहारमा उतार्न सकेकाले सुधारका लागि सहयोग पुग्ने देखिन्छ। सचिव जिसीले पनि तीन वर्षभित्र कृषिमाआत्मनिर्भर गर्न सकिने बताएको अवस्थामा उनीहरूको सिद्धान्त र विज्ञता कति मिल्छ प्रतिक्षाको विषय भएको छ।

उनले औपचारिकतामा भन्दा वास्तविकता केन्द्रित हने गरी काम अघि बढाउन प्रतिवद्धता गर्दै मन्त्री भएपछि कुनै फाइलमा हस्ताक्षर गरिहाल्नु पर्ने औपचारिकता पुरा नगरेको बताएका छन्। कर्मचारीहरूलाई पनि औपचारिकतामा केन्द्रित नहुन भुसालले आग्रह गरेका छन्। 

सुशासन भए एउटा गल्तीले केही हुँदैन

मन्त्री भुसालले पहिलो दिन कर्मचारीलाई निर्देशन दिन नसक्ने प्रतिक्रिया दिएका छन्। तर सुशासनमा बस्न ग्रह गरेका छन्। सुशासनमा बसेमा एक दुई गल्तीले नबिगार्ने उनको भनाई छ।

'मुख्य कुरा सुशासनको हो, सुशासनमा बसियो भने गल्ती हन्छ कि भनेर डराउन पर्दैन,' मन्त्री भुसालले भने,' 'गल्तीलाई निरन्तरता दिनु भएन, एक पटक बिग्रियो भने त्यसबाट पाठ सिकेर अगाडि बढ्न सकिन्छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.