|

जनकपुरधाम : जनकपुरधामकी एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छन्। जनकपुरधाम उपमहानगरपालिका १ का बजरंगप्रसाद जयसवालकी श्रीमती २६ वर्षीया अनिषा जयसवालले बिहीबार तिम्ल्याहा बच्चा जन्माएकी हुन्।

जनकपुरधामकै ‘धनुषा अस्पताल’मा अनिषा बुधबार भर्ना भएकी थिइन्। शल्यक्रिया पश्चात उनले एक छोरा र दुई छोरी जन्माइन्। छोराको तौल २ किलो रहेको छ भने दुई छोरीको तौल क्रमश १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम छ। 

सबभन्दा डेढ किलो तौल भएको छोरीको स्वास्थ्य गम्भीर रहेको अस्पतालका चिकित्सक बृजमोहन रजकले जानकारी दिए। स्वास्थ्य बिग्रेकाले उनलाई अस्पतालको एनआइसियुमा राखिएको पनि उनले बताए। उनका अनुसार एक छोरा, एक छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

एकै पटक तीन बच्चा जन्मे पनि बुवा बजरंग जयसवाल खुःशी छन्। उनले बच्चाको स्वास्थ्यको कामना गर्दै भने, ‘तीन बच्चा एकै पटक जन्मे पनि म खुःशी छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.