|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयत शपथ लिएपछि नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आ-आफ्नो मन्त्रालय कार्यभार सम्हालेका छन्।

त्यसैगरी, उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.