साझेदार हुन पाएकोमा खुसी व्यक्त

|

 काठमाडौं : विद्युत पहुँचको गुणस्तरमा नेपालले छोटो सयममा उल्लेख्य प्रगति गरेको विश्‍व बैंकले जानएको छ। विश्‍व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा सयमध्ये ९५ घरधुरी विद्युतको पहुँचमा रहेको उल्लेख छ। 'विद्युतमा भरपर्दो, किफायती र निर्बाध पहुँच छ', बैंकले भनेको छ, 'यसले विद्युत विस्तारमा उल्लेखनीय प्रगति देखाउँछ।' 

नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच हदाद जर्भोसभले २०१७ को सर्वेक्षणपछि, नेपालले ग्रीड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको बताएका छन्। 

'सन् २०१८ देखि मुलुकमा लोडसेडिङ भएको छैन। हामी नेपालले गरेका यी उपलब्धीको प्रशंसा गर्छौँ', उनले भने, 'बत्तीर खाना पकाउने सफा ऊर्जाको गुणस्तर सुधार्दै नेपाली जनताको जीवनलाई अझ राम्रो बनाउन साझेदार गर्न पाएकोमा हामी गर्व गर्दछौं।' 

बैंकले सन् २०१७ मा गरेको सर्वेक्षण अनुसार विद्युत पहुँचको गुणस्तरमा प्रगति भए पनि सय मध्ये ७० परिवारले अन्य प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउन प्रयोग गरिरहेका छन्।

सर्वेक्षणका क्रममा करिब ६७ प्रतिशत घरपरिवारले दिनको कम्तीमा आठ घण्टा बिजुलीमा अबिरल पहुँच पाएका थिए। 'समग्रमा ७१.७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट बिजुली लिएका र २३ प्रतिशतले ग्रिडबाट माइक्रो वा मिनी हाइड्रो र सौर्य ऊर्जा जडान गरेका थिए', काठमाडौंमा जारी ऊर्जा सम्मेलनमा सर्वेक्षण सार्वजनिक गर्दै विश्व बैंकले भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.