|
प्रतीकात्मक फोटो

हेटौँडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक सवारी दुर्घटनामा परी आमा र छोराको मृत्यु भएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुलनजिकै हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ४६प २५०४ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको ना५ ख९०५५ नम्बरको ट्रकले ठक्कर दिँदा  मोटरसाइकलमा सवार  रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने २६ वर्षीया तीर्थकुमारी राई  र १ वर्षीय छोरा आहान चौधरी मृत्य भएको प्रहरीले जनाएको छ।

ठक्करबाट  मोटरसाइकल चालक रौतहट चन्द्रपुर ८ सन्तपुर बस्ने वर्ष २८ को राकेश चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय अम्लेखगन्जले जनाएको छ। घाइते भएका तीनैजनालाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल ल्याइएकोमा राई र आहानको उपचारको क्रममा मुत्यु भएको इलाका प्रहरी कार्यालय अम्लेखगन्जले जनाएको  हो।

घाइते मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.