|
फाइल तस्विर

सल्यान : उच्च रक्त चाप र छारे रोगका कारण बेहोस भएकी एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।  जिल्लाको शारदा नगरपालिका १३ स्यानीखालकी २८ वर्षीया सुगन्धा पुनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो।

बिहिबार बिहान उच्च रक्त चाप र छारे रोगका कारण बेहोस अवस्थामा सल्यान जिल्ला अस्पतालमा ल्याइएकी पुनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको सल्यान अस्पताल सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए।

अस्पतालमा उपचारको प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ। प्रेसरका कारण पुनको मस्तिष्क, मुटुमा समस्या देखिएको र अझै पनि होसमा नआएको डा. बुढाले बताए। पेटमा रहेको आठ महिनाको शिशुको भने अवस्था सामान्य रहेको छ।

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकोप्टरमार्फत पुनलाई नेपालगञ्ज लगिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.