|

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा दीपावली (मैनबत्ती) गरेर स्थानीय मतदाताले खुशियाली मनाएका छन्।

बिहीबार साझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताले मैनबत्ती बालेर खुशियाली मनाएका हुन्। मैनबत्ती बाल्न सहभागी स्थानीय मिथिलेस यादवले चुनावमा जिताउन सहयोग गरे पनि अहिले आएर बेवास्ता गरेका कारण रघुवीरलाई मन्त्रीबाट हटाउँदा आफूहरू खुशी लागेको बताए।

‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौँ। तर, उहाँ मन्त्री बनेपछि यहाँका तीन/चार जना कार्यकर्तालाई मात्र सहयोग गर्नुभयो। र, ती व्यक्ति यहाँ दादागिरी देखाउँछन्' उनले भने, 'त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुशी भएका छौँ।’

लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि मैनबत्ती बाल्ने कार्यक्रममा सहभागी थिए। उनीसमेत मैनबत्ती बालेर खुशियाली मनाएको स्थानीयले समेत बताए। तर, वडाध्यक्ष साहले आफू मैनबत्ती बाल्ने बेलामा बाहिर रहेको दाबी गरे। उनले मैनबत्ती बालेको कुरा थाहा पाए पनि किन बालेको भन्‍ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.