|

दाङ: दाङमा बिहीबार दुई दुर्घटनामा परी दुई जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। एक जनाको टिपरको ठक्करबाट र एक जनाको बसले किचेर मृत्यु भएको हो।

लमही नगरपालिका ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्यूठान माण्डबी गाउँपालिका ४ निवासी ४६ वर्षीया पवित्रा सुनारको मृत्यु भएको हो। बसले किचेर गम्भीर घाइते सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको थियो।

उपचारको क्रममा सुनारको मृत्यु भएको जिल्ला पह्ररी कार्यालय दाङले जनाएको छ। बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। यस्तै लमही नगरपालिका ६ बेलदमारनजिकै बिहीबार बेलुकी पौने ६ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मुत्यु भएको छ।

लमहीबाट घोराहीतर्फ आउदै गरेको रा १ ब ५८७ नम्वरको मोटरसाइकललाई रा १ ख १२७१ नम्वरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका ४ बस्ने ५८ वर्षीय बन्धुराम चौधरीको मुत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। ठक्कर टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताइएको छ।

मृतक चौधरी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत समेत रहेको प्रहरीले बताएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.