|

दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको बताएका छन्।  रिपोटर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

'अहिले नेपालमा जसरी धर्म परिवर्तन भइरहेको छ, यो संविधानविपरीत छ’ उनले भने, यसले भविष्यमा ठूलो धर्मयुद्ध निम्त्याउन सक्छ, यसमा सचेत हुनुपर्ने अवस्था रहेको छ।'

त्यसैगरी उनले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनु पर्नेसमेत बताए। 'विगतमा राजालाई संविधानभन्दा माथि राखिएको भए पनि अहिले संविधानको मातहतमा राख्ने गरि ल्याउनुपर्ने हाम्रो माग हो', उनले भने। उनले राजा राख्ने प्रक्रिया परम्परादेखि चल्दै आएको भन्दै यो परम्परालाई भूल्न नहुने समेत बताए।

त्यसैगरी नेता बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए। भारतले लिम्पियाधुरा, लिपुलेक, कालापाना मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए। 'पहिलो पटक सर्बदलिय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन', उनले भने, 'यो विषयमा सरकार गम्भीर बन्नुपर्छ।'

कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमत संग्रह भएको समेत बताए। उनले वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.