|

बाँके : बाँकेको सुरक्षा समितिले सीमा स्तम्भको निरीक्षण गरेको छ। 

नरैनापुरमा आयोजित सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठकमा सहभागी भएको सुरक्षा समितिले नेपाल–भारत अन्तरगत नरैनापुर गाउँपालिका क्षेत्रमा पर्ने सीमास्तम्भको निरीक्षण गरेको हो।  

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरी बल, नं. ३० गण, हेडक्र्वाटर बागेश्वरीका प्रमुख प्रहरी उपरीक्षक दीपक अधिकारीलगायतको टोलीले नरैनापुरस्थित दशगजामा रहेका नेपाल–भारत सीमास्तम्भको निरीक्षण गरेको नरैनापुर गाउँपालिकाका कार्यकारी प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी खड्कासहितको टोलीले सीमा क्षेत्रका बासिन्दाको अवस्था र भारतले निर्माण गरेको बाँधले  स्थानीयलाई पु¥याएको असरका बारेमा समेत जानकारी लिएको थियो। नरैनापुर गएको मौका छोपेर सीमा स्तम्भ र भारतले निर्माण गरेको बाँधरुपी सडकले पु¥याएको असरका बारेमा समेत जानकारी लियौँ,’ सशस्त्र प्रहरी बल, नं. ३० गण, हेडक्र्वाटर बागेश्वरीका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले भने। 

हरेक महिना बस्ने नियमित बैठक समापनपछि कार्यालय प्रमुखसहितको सुरक्षा समितिको टोलीले नरैनापुरको समग्र विकासका लागि देखा परेका समस्या र समाधानका उपायको बारेमा समेत छलफल गरेको थियो। 

प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा बसेको बैठकले नरैनापुरमा विद्युतिकरणका लागि भएको प्रगतिको समेत जानकारी लिएको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए।  प्रदेश सांसद कृष्णा केसीले वर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफूले कुनै कसर बाँकी नराखेको बताइन्। उनले सचेतनाको कमी भएको बताउँदै सरकारी तथा गैरसरकारी निकायलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न सुझाव दिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.