|

उदयपुर :  आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ। 

उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा बिहिबार आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिहिबार दिउँसो करिब ३ बजेको समयमा भएको आगलागीमा चन्द्र बहादुर राई र बमबहादुर राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।  प्रहरीका अनुसार घरमा कोहीपनि नभएको बेलामा आगलागी भएकोले घरमा भएको सम्पुर्ण लत्ता कपडाको साथै अन्न जलेर खरानी भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.