|

सल्यान : विवाहमा लाग्ने खर्च कटाएर जिल्लाको दार्मा गाउँपालिकाका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन्।

जिल्लाको दार्मा गाउँपालिका-३ फारुलाका कैलाश हमाल र बविता बुढाथोकीले विवाह खर्चको रकम बचाएर श्री जनज्योति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका हुन्।  नवदम्पतीले विद्यालयलाई ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन्।

विवाहको खर्चलाई कटाएर सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यका साथ आफूले कक्षा १ देखि १० सम्म अध्ययन गरेको विद्यालयलाई सहयोग गरेको हमालले बताए।

सामाजिक भावना भएमा विवाहका लागि अभिभावकहरूलाई आर्थिक भारसमेत नहुने उनको भनाइ छ। विवाहमा भोज भतेरको सट्टा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगार्थ आर्थिक सहयोग गरेको उनले बताए।

नवदम्पतीको सामाजिक कार्यले खुशी बनाएको र अरुलाई प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। विवाहको खर्चले अभिभावकहरुलार्य ऋणको भार बोकाउने गरेको भन्दै हमाल दम्पतीले गरेको सामाजिक कार्यको प्रशंसा गरे। हमाल हाल अमेरिकामा विद्यावारिधि अध्ययन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.