|

भारत र बंगलादेशबीचको पहिलो डे–नाइट टेस्ट शुक्रबारदेखि सुरु हुँदै छ। कोलकाताको इर्डन गाडेन्समा हुने डे नाइट टेस्ट १२औं प्रतियोगिताका रुपमा रहने छ। साथै, पिन्क बलबाट खेल्न लागिएको यो पहिलो टेस्ट खेल समेत हो।

हेलिकप्टरबाट पिन्क बल मैदानमा ल्याउने कार्यक्रम रहेको छ। त्यसपछि दुवै अटिमका कप्तानलाई बल हस्तान्तरण गरिने छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले बेल बजाएर खेलको सुरुवात गर्ने कार्यक्रम रहेको छ। भारतले दुई टेस्ट सिरिजको पहिलो खेल इनिङ र १३० रनले जित्न सफल भयो।

बिसिसिआइका अध्यक्ष सौरभ गांगुलीले टि समयअघि म्युजिकल परर्फमेन्स हुने र दिनको अन्तमा सम्मान समारोह हुने छ। बंगला क्रिकेट संघ ं(सिएबी), ओलम्पिक स्वर्ण पदक विजेता अभिनव बिन्द्रा, टेनिस स्टार सानिया मिर्जा, ब्याडमिन्टन स्टार पिवी सिन्धु र ६ पटक विश्व बक्सिङ च्याम्पियन मेरिकोमलाई समान गर्ने कार्यक्रम रहेको छ।

भारत र बंगलादेशबीच अलिहेसम्म भएका १० टेस्टमा भारतले ८ मा जित निकालेको छ भने दुई टेस्ट बराबरी भएको छ। दुई टिमबीच यो साऔं टेस्ट सिरिज हो। यी सबैमा भारत अपराजित छ। भारतले इन्दोरमा खेलेको पहिलो टेस्टमा इनिङ र १३० रनको जित निकालेको छ। खेलमा २४३ रनको इनिङ खेलेका मंयक अग्रवाल म्यान अफ द म्याच चुनिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.