|

पहिलोचोटि
सालिकहरु बोलेछन्

चिकित्सकहरु
उसै गरी गए अस्पताल
जसरी हिजोअस्ती जान्थे

बिरामी बोकिहिँड्यो एम्बुलेन्स
आज पनि

यो सहरको एउटा प्रसुति वार्डमा
आजैको दिन
सात शिशुहरु सकुशल जन्मिए

अन्त के भयाे कुन्नी

यता
केही पाखन्डीहरुले
देशलाई आज पनि ठाने बाउको बिर्ता
आज पनि देखियो तान्डव
देखियो संसद भवनमा नांगो नाँच

असफल क्रान्तिको गीत
आज पनि बज्यो चाबहिल चोकमा
त्रासले निदाएकी मेरी छोरी उठी

बिजुलीबजारतिर
भयले स-साना नानीहरु
आमाकै काखमा गुडुल्किरहे

अन्त के भयो कुन्नी

यता
भारी बोक्नेहरुले
भारी बोकिरहे

उसले आज पनि
गौशाला चोकमा बसेर चटपट बेचिरह्यो

भक्तपुरबाट
डोकाका डोका
आज पनि आइपुग्यो हरियो साग

अन्त के भयो कुन्नी
यता सरकार विरुद्ध चर्का नाराहरु लागे।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.