|

काठमाडौं : राजस्व चुहावट गरेको आरोपमा देवी इम्पोर्ट एण्ड एक्सपोर्टका संचालक देवी भगतविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

राजस्व चुहावट गरेको आरोपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले सप्तरी घर भइ काठमाडौं महानगरपालिका-८ मा बस्दै आएका भगतविरुद्ध मुद्दा दायार भएको जिल्ला अदालत काठमाडौंका श्रस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। 

उनलाई ३ वर्ष कैद सयजायसहित एक करोड २६ लाख रुपैयाँ भन्दा बढी माग दाबी गरेर मुद्दा दर्ता गरिएको छ। कपाडाजन्य वस्तु आयात गर्ने क्रममा भन्सारतर्फ २३ लाख ८ हजार ३६३, मूल्य अभिबृद्धिकर तर्फ २८ लाख १ हजार ४८३ र आयकर तर्फ  ७५ लाख १३ हजार ३५९ रुपैयाँ चुहावट गरेको आरोप उनीमाथि लागेको छ। 

जिल्ला अदालत काठमाडौंले शुक्रबार बयान नलिएपछि उनलाई राजस्व अनुसन्धान विभागमै जिम्मा लगाइदिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.