|

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालिका-१६ को उपनिर्वाचनमा बागी उम्मेदवार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ।

पार्टी नीतिविपरीत नेकपाको उम्मेदवारविरुद्ध चौधरीले बागी उम्मेदवारी दर्ता गराई कांग्रेसको उम्मेदवारलाई सहज बनाउँने षड्यन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ति जारी गरी कार्वाही गरेको जनाएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जगलाल चौधरीलाई निष्कासन गरिएको छ र उनलाई सहयोग गर्नेहरूलाई मातहतका सम्बन्धित कमिटीहरूले कडाभन्दा कडा कार्वाही गर्न निर्देशन जारी गर्दछौँ।’

साथै विज्ञप्तिमार्फत पार्टीको आधिकारिक उम्मेदवार सुरेशबहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउँने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोधसमेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.