|
फाइल फोटो

हेटौंडा : सडकको २५ मिटर क्षेत्रभित्र रहेका घर टहरा हटाउन डिभिजन सडक कार्यालयले गरेको आग्रहको विरोधमा हेटौंडा बसोबास संरक्षण समितिले सोमबार हेटौंडा बन्द गरेका छ। मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको समितिले गरेको बन्दका कारण बिहानैदेखि मुख्य बजार क्षेत्रका सम्पूर्ण ब्यवसायहरु बन्द रहेका छन्।

डिभिजन सडक कार्यालयले गत पुस १८ गते १५ दिनको सूचना जारी गरेर सोमबारदेखि सडकको दायाँबायाँ  २५ मिटर क्षेत्रको घर टहराहरु भत्काउन थालेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रेका हुन्।

बजार बन्द भएपनि सवारीसाधन, उद्योग कलकारखना तथा विद्यालय बन्द नहुने समितिका संयोजक राजकुमार न्यौपानेले बताए। सोमबार बिहान ११ बजे र्‍याली, १ बजेबाट २ बजेसम्म राजमार्ग बन्दको कार्यक्रम रहेको उनले जानकारी दिए।  

डिभिजन सडक कार्यालय हेटौंडाले जनतालाई सुकुम्वासी बनाउन खोजेको बसोबास संरक्षण समितिले आरोप लगाएको छ। हेटौंडाका करिब दुई हजार घरमा रहेको ५ हजार ब्यवसायीहरुलाई विस्थापित गर्ने तथा हजारौ नागरिकलाई सुकुम्वासी बनाउने गरी सडक डिभिजनले काम गर्न लागेको समिति संयोजक न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.