|

पोखरा :  कास्की २ मा मंसिर १४ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनले राजनीतिक माहोल तातिएको छ। विभिन्न दलका शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेदवारलाई भोट माग्न पोखरा आउने क्रम बढिरहेको छ । 

शुक्रबार पोखरामा कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई भोट माग्न कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र युवा नेता गगन थापा पनि आइपुगे । मिनेन्द्र रिजाल कास्कीको चुनावी कमाण्डर बनेर केही दिनदेखि यहीँ छन् ।

पोखरामा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार भएको आरोप लगाए। 

शुक्रबार साँझ कांग्रेसले चुनावी र्याली निकालेको थियो । चिप्लेढुंगाबाट वरिष्ठ नेताहरुसँगै निस्केको र्याली पृथ्वीचोकमा आएर टुंगिएको थियो। 

यसअघि कांग्रेसले कास्कीका विभिन्न ठाउँमा चुनावी सभा गरेको थियो । सिमलचौरमा भएको सभालाई सम्बोधन गर्न पुगेका थिए युवा नेता गगन थापा । नेता थापाले कांग्रेसको सभामा सम्बोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई क्रमश श्री ६, श्री ५ र श्री ३ को संज्ञा दिए ।

‘यो सरकारले श्री ६ विद्या भण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय भन्नेहरुलाई देश लुट्ने, जनता ठग्ने बाटो खुल्ला गरी कानुन ल्याउन लागेको छ,’ उनले भने, ‘यसको लागि सरकारलाई खबरदारी गराउन उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुस्। ताकी उनीहरुले चेत्नुपर्छ।’ 
सरकार पूर्वराजा ज्ञानेन्द्रले भन्दा पनि बढि निरंकुशता लाद्न अग्रसर भएको उनको आरोप छ। कास्कीमा नेकपाबाट तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.