|

काठमाडौं । पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्ब रुपैयाँभन्दा धेरै अनियमितता भएको छ।

यस अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै जनाविरुद्ध मुद्दा चलाएको छ।

उनीहरूसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

हाल सिआइबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख रुपैयाँ अनियमितता घटनामा छानबिन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.