|

दोलखा : भीमेश्वर नगरिपालिका–५ स्थित सत्तरी गोलाइमा यात्रुवाहक बसले किच्दा एक महिलाको मृत्यु भएको छ।

जिरीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसले शुक्रबार राति ८ बजे किच्दा भीमेश्वर नगरपालिका–५ की ३० वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको हो। नयाँपुल बजारबाट चढेकी उनी घर नजिकैको सत्तरी गोलाइमा ओर्लिने क्रममा अनियन्त्रित भई लड्दा सोही बसले किचेर घाइते भएकी थिइन्। उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.