काठमाडौं : देशका अधिकांश क्षेत्रमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण अहिले देशको पश्चिमी र मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ। शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यस्तै, उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।