|

चितवन : चितवनको माडी नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिकस्थल सोमेश्वर गढीका पथ्थरहरू अहिले विभिन्न किसिमका मूर्तिको स्वरुपमा परिवर्तन भइरहेका छन्। गढी क्षेत्रमा रहेका ठूला तथा साना ढुंगाहरू कलात्मक मूर्तिमा परिणत भएका हुन्। 

माडी नगरपालिकाले कार्तिक २३ गत्ते देखि माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ आयोजना गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त ३० जना कलाकारहरूले सोमेश्वर गढी क्षेत्रमा प्रस्तर मूर्ति निर्माण गरिरहेका छन्। 

अहिलेसम्ममा धार्मिक, सांस्कृतिक, समसामयिक र परम्परागत गरी ४७ वटा मूर्ति तयार भइसकेको प्रस्तर मूर्ति कार्यशाला मुल आयोजक समितिका सदस्य एवं पत्रकार गोविन्द न्यौपानेले बताए। अझै केही दिनसम्म निर्माणका काम चलिरहने र मूर्तिको संख्या थपिने न्यौपानेले बताए। 

मूर्तिकारहरू गढी क्षेत्रमै बसेर त्यहाँका विभिन्न ठूला साना ढुंगा तथा पहाडलाई खोपेर मूर्तिको स्वरुप दिइरहेका छन्। गढीलाई कलामार्फत खुल्ला मूर्ति संग्रहालयको रुपमा परिचित गराउनका साथै भविष्यमा खोज र अनुसन्धानको केन्द्र बनाउने लक्ष्य रहेको नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले बताए। 

पर्यटकीय क्षेत्र सोमेश्वर गढीलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समेत सूचीकृत गरेको छ। भ्रमण वर्ष २०२० लाई सम्पन्न गराउन महत्वपूर्ण टेवा पुग्ने नगरपालिकाको विश्वास छ। भारतको सीमानजिकै नेपाली भूभागमा रहेको यस क्षेत्रमा विभिन्न अवसरमा लाखौँ भारतीय तीर्थालु आउने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.