|

इटहरी: नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा महसुल नतिर्ने आठ सय ६५ ग्राहकको विद्युत् लाइन काटेर महसुल बापतको बक्यौता एक करोड १७ हजार ३८२ रुपैयाँ असुल गरेको छ।

विद्युत् महसुल नतिरेका औद्योगिक घराना र सर्वसाधारण ग्राहकबाट रकम असुल गरेको सुपरभाईजर रितेशकुमार झाले जानकारी दिए। सोही अवधिमा ८ सय ७४ ग्राहकको विद्युत लाईन काटी पुन जडान गर्दा ती ग्राहकबाट लिनु पर्ने महसुल बापत ९८ लाख ९२ हजार ६ सय ७६ रुपैयाँ थप रकम असुल भएको पनि सुपरभाईजर झाले बताए। विद्युत आपुर्तिलाई व्यवस्थित तुल्याउने अभियानका क्रममा इटहरी वितरण केन्द्रले ३० वटा नयाँ ट्रान्सफरमर जडान गरेको र खनार सवस्टेशनमा १६ एमभीएको ट्रान्सफरम थपेर उपभोक्तालाई सरल रुपले विद्युत प्रवाह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.