|

काठमाडौं : पटक पटक चोरी मुद्दामा पक्राउ परेर धरौटीमा छुट्दै आएका युवक सोमबार फेरि चोरी मुद्दामा नै पक्राउ परेका छन्। रामेछापको रामपुर गाविस घर भई ललितपुरको छावहाल बस्ने २२ वर्षीय रुपेश भनिने रुद्रलाल श्रेष्ठलाई चोरी मुद्दामा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर, ललितपुरको प्रहरी टोलीले श्रेष्ठलाई दुई लाख ६३ हजार बराबरको धनमाल चोरी गरेको अभियोगमा पक्राउ गरेको हो। श्रेष्ठले गत पुस २८ गते आशाराम महर्जनको घरमा डेरा गरेर बस्ने केशरी श्रेष्ठको कोठा फोरेर सुन र चाँदीका गरगहनाहरु र नगद चोरी गरेका थिए। 

'श्रेष्ठ यसअघि पनि दुई वटा चोरीको घटनामा संलग्न भएको पाइएको छ', परिसरका डिएसपी ईश्वर कार्कीले भने- 'यसपल्ट पनि उनी चोरीकै मुद्दामा पक्राउ परे।'

श्रेष्ठले चार महिनाअघि एयरपोर्ट नजिकको एटिएम काउन्टर फोडेर चोरी गरेको अभियोगमा पक्राउ परी १८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। त्यस्तै एक वर्षअघि पनि कुमारीपाटीको चोङतेली स्टोरमा चोरी गरी धरौटीमा छुटेको डिएसपी कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.