|

काठमाडौं : ललितपुरको जाउलाखेलको खेल मैदानमा ग्याङफाइट गर्ने १५ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले गत शनिबार सांगितिक कार्यक्रम चलिरहेका बेला समूह बनाएर बनाएर ग्याङफाइट गर्ने १५ जनालाई पक्राउ गरेको हो। 

रोहित थापा, रमन श्रेष्ठ, भोटे भनिने निमा लामाले तिखेदेवलका मिलन तामाङलाई चक्कु हानेर घाइते बनाएपछि कन्र्सट भएको ठाँउमा ग्याङफाइट परेको थियो। प्रहरीले थापा र श्रेष्ठलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको परिसरका डिएसपी इश्वर कार्कीले जानकारी दिए। 

अनुज लामा, सिजन लामा, आयुष थापा, सागर भण्डारी, अजय कर्मोचा, अर्जुन बिक, सुसन खड्का, सिर्जना रानामगर, संजय लामा, विश्वास लुंगेली मगर, अमन तामाङलाई पनि प्रहरीले होहल्ला गरेको आरोपमा पक्राउ गरेको छ। उनीहरुलाई सार्वजनिक अपराधको मुद्दामा कारवाही गरिएको डिएसपी कार्कीले जानकारी दिए। 
चक्कु प्रहारबाट घाइते भएका तामाङको अल्का अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.