|

जनकपुर :  चिसो बढेसंगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। नेपाल रेडक्रस सोसाईटीद्धरा संचालित आँखा अस्पतालमा उपलब्ध ‘फेको शल्यक्रिया’ गराउन बिरामीहरु भारतदेखि आउने गरेका छन्।

अस्पतालका प्रशासन शाखा प्रमुख राम नरेश पाण्डेका अनुसार ४ हजार ३ सय ८० रुपैयाँ तिरेर जानकी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्न पाइन्छ। शल्यक्रियापछि बिरामीहरुले अस्ट्रेलियन प्रविधिबाट बनेको गुणस्तरीय लेन्स समेत पाउँछन्। ‘काठमाडौंमा यही सुविधान लिन ३० हजार खर्चनुपर्ने अवस्था छ। भारतका अस्पतालहरुमा अझै महंगो पर्छ,’ पाण्डेले भने। 

पाण्डेका अनुसार ‘फेको शल्यक्रिया’मा आँखामा हुने मोतिया बिन्दुको उपचार अति नै सुक्ष्मयन्त्रबाट गरिन्छ। यसमा घाउ समेत नहुने हुनाले मात्र आधा घण्टामा बिरामी निको भएर घर फर्किन सक्ने पाण्डे बताउँछन्। 

सस्तो र सहज सुविधा उपलब्ध भएका कारण जानकी अस्पतालमा नेपाल र भारतबाट समेत उपचार गराउन थुपै्र बिरामी आउने गरेको पाण्डेले बताए। चिसो महिनामा आँखाको शल्यक्रिया गराउँदा घाउ नलाग्ने र छिटो निको हुने विश्वासका कारण कात्तिक देखी फागुन सम्म अस्पतालमा बिरामीहरुको संख्या बढ्ने उनको अनुभव छ। 

उनका अनुसार अन्य सिजनमा दैनिक ३ सय देखि ५ सयको संख्यामा बिरामीहरु अस्पताल आउने गरेका थिए। अहिले प्रतिदिन ५ सयदेखि ७ सयको हाराहारीमा बिरामीहरु अस्पताल धाइरहेका छन्। 

भारतको बिहार, उत्तरप्रदेश, झारखंड, बंगाल  लगायत क्षेत्रबाट बिरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.