|

काठमाडौं : एक १८ महिने बालकले यामाहाको मोटरसाइकल उपहार पाएका छन्।  सर्लाही घर भएका बालक दिप्सन बस्नेतलाई कान्तिपुर मलले १५० सिसीको एफ जेड एफआइभिटु मोटरसाइकल उपहार दिएको हो। 

उपहारको रूपमा दिइएको यो मोटरसाइकल उनले उपहार योजनाअन्तर्गत जितेका हुन्। राजधानीको गोंगबुमा रहेको कान्तिपुर मलले दशैं, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई सोमबार उपहार हस्तान्तरण  गरिएको हो।

जसअन्तर्गत प्रथम उपहार सर्लाहीका १८ महिने बस्‍नेतले यो उपहार पाएका हुन्। उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाइकल जितेका हुन्। यसैगरी, द्वितीय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसीको मोटरसाइकल जित्न सफल भए। 

यस्तै तेस्रो पुरस्कार काठमाडौका अनिरुद्र जंग केसीले यमाहाको १३३ सिसीको एफजेडएफआइभिटु स्कुटर जित्न सफल भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.