|

  • दीपक शर्मा-

सल्यान :  सल्यानको एउटै गाउँबाट यसवर्ष ८ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ। बागचौर नगरपालिका ८ र ९ बाट ८ करोड भन्दा बढीको सुन्तला बिक्री भएको हो। गाउँबाट एक वर्षमा २१ सय टन सुन्तला बिक्री हुने किसान अंगेश्वर डाँगीले बताए।

उनका अनुसार गाउँका ४ सय ५१ धरधुरीले ९० हजार ४ सय ४७ बोट सुन्तला लगाएका छन्। 'पहिलाको कोटमौला गाविसको ५, ६ र ७ नम्बर वडामा पर्ने यस गाउँका ४ सय ५१ धरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन्' उनले भने 'गाउँबाट वर्षमा २१ सय टनभन्दा बढी सुन्तला बिक्री हुन्छ।'

गाउँलेले सुन्तला बिक्री गर्न डोकोमा बोकेर बजार धाउनु पर्दैन। ठेकेदारहरु सुन्तला बगैचामै आएर बोटबाटै खरिद गर्छन्। गत वर्ष भन्दा यो वर्ष सुन्तलाले मुल्य राम्रो पाएको भरतनाथ योगीले बताए। गतवर्ष ४० देखि ४५ रुपैया किलोमा बिक्री भएको सुन्तला यसवर्ष ५० देखि ५५ रुपैयाँ किलोसम्ममा बिक्री भएको उनको भनाइ छ। गत वर्ष २७ लाखको सुन्तला बिक्री गरेको अनुभव सुनाउदै योगीले भने 'यो वर्ष ३० लाखसम्म पुग्छ कि भन्ने अनुमान गरेको छु।' उत्पादन राम्रो भएपनि सुन्तलाका बोटहरुमा रोग देखा पर्न थालेकाले योगी चिन्तित छन्।

किसान यज्ञबहादुर चन्दले पुर्खाले गर्दै आएको सुन्तला खेतीलाई ब्यवसायिक ढंगले अगाडि बढाएका छन्। १९९१ सालबाट सुन्तला खेतीको सुरुवात भएको बताउदै उनले भने 'पहिले बाबुबाजेले सोख र रहरका रुपमा सुन्तला खेती गरेको भएपनि राम्रो उत्पादन हुन थालेपछि व्यसायिक खेती गर्न थालिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.