|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद साग गुमाउने भएका छन्। सोमबार मात्रै सन्दीपको आँखाको शल्यक्रिया गरिएको छ।

उनको आँखाको लेजर सर्जरी गरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। उनका अनुसार चिकित्सकले सन्दीपलाई दुई साता आराम गर्न भनेका छन्।

'उनले साग नखेल्ने टुंगो भयो। १५ दिन आराम गर्न भनिएको छ', शिवाकोटीले भने, सन्दीपको ठाउँमा क्यानले अर्को खेलाडी रिप्लेस गर्नेछ।' सन्दीपको ठाउँमा वैकल्पिक खेलाडीका रुपमा रोहीत कुमार पौडेललाई बोलाइएको छ।

बंगलादेशमा भएको एसीसी इमर्जिङ्ग एसियाकपबाट फर्किएलगत्तै नेपाली क्रिकेट टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा सागमा उत्रन तयारीमा जुटेको थियो। सागमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने तालिका छ।

सन्दीप भर्खरै यूएईमा सम्पन्‍न टी-१० लिग खेलेर फर्किएका हुन्। उनीसँगै फर्किएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का प्रशिक्षमा जुटीसकेका छन्। टी-१० लिगको अन्तिम खेलमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस आबद्ध टोलीले सन्दीप आवद्ध टोलीलाई हराएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.