|

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ल्याएको छ। यो योजनाबारे जानकारी दिँदै एनसेलले एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ। यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन्। 

आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १-७) का विजेता ग्राहकलाई एनसेलले यही शुक्रबार पुरस्कार रकम हस्तान्तरण गर्नेछ । 

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न योग्य हुन सक्छन्। 

आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ। योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । 

ग्राहकहरुले १०० वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन्। यदि कुनै ग्राहकले ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बर प्राप्त गर्दछ। त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँचवटा विषेश कोडहरु प्राप्त हुनेछन्। 

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्न सुरक्षित राख्न पर्ने हुन्छ। यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६:३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ।

एनसेलको फेसबुक पेजमार्फत् पाँच भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.