|

दाङ :  यहि मंसिर १४ गते दाङ निर्वाचन  क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यको लागी उपनिर्वाचनको हुदैछ।  स्वर्गीय उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि उक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो।। निर्वाचन हुन केही दिन मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुले मतदाताहरुलाई आ–आफ्नो पक्षमा तान्न लागि परेका छन्। 

प्रदेशसभा सदस्यका लागि १२ दल र २ स्वतन्त्र गरी १४ जना उम्मदेवार चुनावी मैदानमा छन्। ति उम्मेदवारहरुले आ– आफ्नो जीत हुने दाबी गरेका छन्। विगतको निर्वाचनलाई हेर्दा उक्त क्षेत्रका कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरु निर्वाचित भएका थिए। अहिले सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। (नेकपा)को तर्फबाट स्वर्गीय उत्तर कुमार वलीकी श्रीमती विमला वली उम्मेदवार हुन, भने नेपाली कांग्रेसले पुराना त्यागी नेताका रुपमा चिनिएका केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ।

तर ति दुबै उम्मेदवारहरुले आफुहरुले नै जित्ने दाबी गर्दै आएका छन्। (नेकपा)की उम्मेदवार वलीले आफ्ना स्वर्गीय श्रीमान उत्तर कुमार वलीले पश्चिम दाङको विकासको लागि छोटो समयमा धेरै गरेकाले त्यहाँ बाकी रहेका अधुरा काम पुरा गर्न पश्चिम दाङका मतदाताले आफुलाई नै साथ दिने बताएकि छन्, भने नेपाली कांग्रेसका उम्मेदवार आचार्यले पनि आफु पुरानो त्यागी पश्चिम दाङको नागरिक भएकाले आफुलाई नै मतदाताले साथ दिने उनले बताए।  

को हुन् विमला? 

दंगीशरण गाउंपालिका ६ लेटार निवासी विमलाको वि.सं. २०४१ सालमा नेपालगंज जन्म भएको थियो। त्यसैगरी विमलाको  स्व. वलीसँग २०६५ सालमा विवाह भएको थियो । 

जित्ने सम्भावना के छ?

२०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारीलाई पराजित गरेका थिए। त्यति बेला वलीले करिब साढे ६ हजार मतको फरकले जितेका थिए, भने भण्डारीले १७ हजार ५३५ मत ल्याएका थिए, भने स्वर्गीय वलीले २३ हजार ९७० मत ल्याएका थिए।  उक्त निर्वाचनमा ६५ हजार ८ सय २ मतदाता थिए, भने  ४४ हजार ६ सय ५१ मत खसेको थियो। जसमध्ये २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । 

त्यति बेला नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच बामगठबन्धन थियो।  तर अहिले ति २ पार्टी  एक भएका छन्,भने अहिले  दुबै पार्टीका समर्थकको मत खस्छ। त्यतिमात्र नभई राष्ट्रियस्तरमा भएको सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले पनि नेकपालाई सघाउने भएको छ। जसका कारण  विमलाको पक्षमा राष्ट्रिय जनमोर्चाका समर्थनको पनि भोट खस्छ, अघिल्लो निर्वाचनलाई आधार मान्ने हो, (नेकपा)ले नै बाजी मार्न सक्ने आंकल गर्न सकिन्छ।

त्यति मात्र नभई स्वर्गीय वली पश्चिम दाङबासीको लागि लोकप्रिय नै भएका थिए। उनले निर्वाचित भएपछि धेरै विकास निर्माणको थालनी गरेका थिए। त्यो कारणले पनि उनलाई मतदाताले भोट दिन सक्छन्।  पश्चिम दाङमा ३ गाउँपालिका बबई, शान्तिगर, दंगीशरण र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १,२,१० र ११ उक्त निर्वाचन क्षेत्रमा पर्दछन्। उक्त क्षेत्रमा अहिले ६८ हजार ७१९ जना मतदाता छन्।  

यस निर्वाचन क्षेत्रमा गत निर्वाचन भन्दा १ हजार ८२ जना मतदाता थपिएका छन् । गत निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ६७ हजार ६ सय ३७ जना मतदाता रहेका थिए। जसमध्ये पुरुष मतदाताको संख्या ३३ हजार ७ सय ७८ छ, भने महिला मतदाताको संख्या ३४ हजार ९ सय ४० छ। त्यस्तै एक तेस्रो लिङ्गी मतदाता छन।

को हुन आर्चाय ?

वि.सं २०१५ साल फाल्गुन १३ गते साविक हेकुली गाविस ५ सलौरामा आमा मोहनादेवी शर्मा र बुवा गिरीराज उपाध्यायको कोखबाट आचार्यको जन्म भएको थियो। उनको  सल्यानको बडाखोला र दाङको सलौरामा भएकाले उनले कखरा सल्यान मै सिके  थिए। त्यसछपछि आचार्यले श्रीगाउँ स्कुलमा अध्ययन गरे। वि.सं. २०२९ सालमा कक्षा ८ मा पढ्ने बेला देखी राजनितीमा लागेका आचार्य अध्ययनको शिलशिलामा बनासर गएको बेला वि.पी कोईरालासंग भेट भएपछि उनी सक्रिय रुपमा राजनीतिमा लागेका थिए।

२०४६ सालको आन्दोलनमा प्रहरीबाट मार खाएर एक महिना सम्म विरामी भएका थिए। त्यसपछि २०६२÷६३ सालको जनआन्दोलनमा स्वर्गिय नेता खुमबहादुर खड्का, बलदेव मज्गैयासँगै उनी तुलसीपुरमा जेलमा बसेको थिए।

जित्ने सम्भावना के छ?

आचार्य नेपाली कांग्रेसका  पुराना त्यागी नेताका रुपमा चिनिएका ब्यक्ति हुन्। विगतको निर्वाचनमा यस निर्वाचना आचार्यलाई सिँगो काग्रेस पार्टी नै जिताउने पक्षमा चुनावी मैदानमा छ। विगतका निर्वाचनमा पार्टी भित्र गुट–उपगुट हुदाँ कांग्रेस पराजित भएको भन्ने कुराहरु थियो। यस पटक सिंगो कांग्रेस एक भएपछि उनलाई सहज भएको छ। त्यसैगरी आचार्य लगनशिल ब्यक्तिका रुपमा चिनिएका छन्।

त्यसैगरी ठूलो अपेक्षाका साथ नेकपालाई बहुमत दिएर सरकारमा पठाएका जनताले सोचेअनुसारका काम हुन नसकेपछि निरास भएको बेला कांग्रेस त्यसको फाइदा उठाउने दाउमा छ। सरकारबाट जनचाहना अनुसार काम हुन नसकेको बताउँदै अब जनताले त्यसको विकल्प खोज्न थालेको कांग्रेस पक्षधरको दाबी छ। 

गत निर्वाचनको अवस्था यस्तो थियो ।  
स्वर्गीय उत्तरकुमार वलीले  बाम गठबन्धनको तर्फबाट ह २३, ९७०, नेपाली कांग्रेसका बुद्धिराम भण्डारी १७, ५३५, मालेका  टोपबहादुर डाँगी ९१०,नयाँ शक्ति पार्टी नेपालका रुद्र बहादुर केसी ८२, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा ८२,राष्ट्रिय जनमोर्चाका देव बहादुर कामी ५२ र  स्वतन्त्र उम्मेदवार लिलाधर खड्का १८ मत प्राप्त गरेका थिए।

उपनिर्वाचनका उम्मेदवारहरू

(नेकपा)बाट विमला वली, नेपाली कांग्रेस, केशवराज आचार्य, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, साझा पार्टी शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज बिक, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राप्रपा संयुक्तका छोटीलाल थारु, नेकपा मालेका हरिप्रसाद डाँगी, राप्रपाका भुपाल रावत, मंगोल नेशनल पार्टीका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र खत्री, नेपाली कांग्रेस (बिपी)का दीपक धिताल, स्वतन्त्र गोविन्द केसी, स्वतन्त्र टीकाराम आचार्य हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.