|

अर्घाखाँची : अर्घाखाँची जोड्ने मुख्य सडकको रूपमा स्थापित  गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड मंसिर १० गते मंगलबार देखि १० दिन बन्द हुने भएको छ। 

उक्त सडकखण्डको नरपानी देखि घुम्टीसम्मको साघुरा घुम्टीहरु फराकिलो गराउने योजना अनुसार मंसिर १० देखि बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि ४ बजे सम्म निरन्तर कम्तिमा १० दिन सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ।

सोमबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीसँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो।

सडक साघुँरो तथा धेरै घुम्ति भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा फराकिलो गर्न सडक बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए।

नरपानी देखि घुम्ति सम्मको सडकखण्ड धेरै साघुरा घुम्ति एक तर्फी भएका कारण सवारी साधन दुर्घटना हुदा बर्सेनि दर्जनौं नागरिकको मृत्यु हुने गरेको छ। सयौं जना घाईते भएका छन्। धेरैको अङ्ग भङ्ग भएको छ। सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले साधुरा घुम्ति काट्न सुरू गरिएको बताईएको छ। राती तथा दिउँसो २ घण्टा भने सडक सञ्चालन हुने छ। 

साना सवारी साधनहरूलाई बैकल्पिक सडक प्रयोग गरि यात्रा गर्न सुझाईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.