|

दमक : झापाको दमक–५ मा रहेको हंसे दुम्से सामुदायिक वनमा हात्ती धपाउन सोमबार बृहत टोली परिचालन गरिएको छ। केही दिन यता गाँउमा लगातार हात्तीले घर भत्काउन थालेपछि गाँउले, स्थानीय शसस्त्र प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले हात्ती धपाउने कार्य गरेको स्थानीय शसस्त्र प्रहरी सुरक्षा बेश वेलडाँगीका प्रमुख शसस्त्र प्रहरी निरीक्षक शंकर शाहले जानकारी दिए।

हात्ती धपाउन एक सय भन्दा धेरै मानिसहरु भेला भए पनि जंगलबाट हात्ती धपाउन नसकेको स्थानीय बासिन्दा सीता तामाङले बताइन्। ‘हामीले केही दिनदेखि गाँउ छिरेको हात्ती धपाउन सकेका थिएनौ। प्रशासनले सहयोग गर्‍यो,’ उनले भनिन्।  हात्तीका कारण रातभर जाग्राम बस्न बाध्य भएको उनले बताइन्। हात्ती जंगल क्षेत्रमै भएपनि धपाउन नसकेपछि गाँउलेहरुले थप सहयोगको माग गरेका छन्।

गएराती मात्रै हात्तीले दमक ५ दुम्सेकी सानी सुनुवार र खड्ग सुनुवारको घर भत्काएर अन्न खाएको पीडित परिवारले बताएका छन्। यस अघि सोही हात्तीले इलामको साकफारामा एक जनाको हत्या गर्नुका साथै १ दर्जन जति घर भत्काएर अन्न खानुका साथै बालीनाली नष्ट गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.