|

काठमाडौं : साहित्यकार विमल निभाको कवितासंग्रह 'जोकरको बन्दुक' सार्वजनिक भएको छ।

मंगलबार एक 'सादा समारोह'काबीच उक्त कविता संग्रह सार्वजनिक गरिएको हो। प्रकाशक मणि शर्माका अनुसार नयाँ ५० सहित ६० कविता रहेको संग्रहलाई साहित्यकारहरू नयनराज पाण्डे, बुद्धिसागर, सार्दुल भट्टराईलगायतले सार्वजनिक गरेका हुन्।

सांग्रीला प्रकाशनले प्रकाशित गरेको कवितासंग्रहको मूल्य २५० रहेको छ।

निभाका यसअघि 'डाइनोसर जिउँदै छ’ निबन्धसंग्रह, ‘छेउको बधशाला’, ‘एउटा बाहुला नभएको बुसर्ट’जस्ता कवितासंग्रह प्रकाशित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.