प्रचण्डदेखि ईश्वर पोखरेलसम्मले जनाए प्रतिबद्धता

|

बारा : राजीतिक दलको कार्यक्रम भन्नेबित्तिकै हामीले राजनीतिक भाषण, नेताको आरोप प्रत्यारोप भनेर बुझ्छौं। तर, बाराको निजगढमा मंगलबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभा भने फरक थियो।

जनसभा विकास निर्माण र समृद्धिको विषयमा केन्द्रित थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्ण पौडेल र सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवदेखि संघीय सासंद, प्रदेश सांसद, पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू सहभागी थिए।

कार्यक्रमा आशन ग्रहण, शहीदको नाममा मौनधारण, राष्ट्रगानसहित  कार्यक्रममा शब्दमार्फत प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र गीतमार्फत जनगायक प्रतीक ब्लोनले स्वागत गरे।

कार्यक्रमका सभाअध्यक्षले अन्तिममा बोल्ने परम्परालाई तोड्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले कार्यक्रमको सुरुवातमा सम्बोधन गरे। सम्बोधनमा क्रममा पत्रकारले नेतालाई सोधेजस्तै गरि प्रदेश २ मा सञ्चालित आयोजनाको अवस्था र समृद्ध प्रदेश निर्माणबारे सरकार र पार्टीको धारणा के हो भनेर प्रश्न राखे।

दुई पटकमन्त्री भइसकेका सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल नेकपाका रौतहटका संघीय सांसदसमेत रहेका प्रदेश कमिटी अध्यक्ष प्रभु साहले प्रदेश-२ को समृद्धिका लागि सरकारले के गरिरहेको छ? भनेर प्रश्न मात्र गरेनन् हामीले के भूमिका के खेल्नुपर्छ भनेर निर्देशन दिनुस् भनेर पार्टी अध्यक्ष प्रचण्डतर्फ प्रश्न तेर्साए।

इतिहासहमा समृद्ध रहेको तराई मधेसको चर्चाबाट सुरु गरेको सम्बोधनमा फास्ट ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी मार्ग, राष्ट्रपति चुरे संरक्षण, नदी कटान, सिचाई, शिक्षा, स्वास्थ्य बारेमा जनताको प्रश्न भन्दै सरकार र पार्टीको धारणा मागेका थिए।

उनले नेपालको ८० प्रतिशत आर्थिक योगदान गर्ने प्रदेश प्रकृतिले सुगमता दिए पनि अन्य प्रदेशभन्दा पछाडि र पहाडको तुलनामा दुर्गमको हाराहारीमा पुगेको प्रति चिन्ता व्यक्त गर्दै पार्टी अध्यक्ष प्रचण्डलाई प्रदेशको समृद्धिमा पार्टी र सरकारले के गर्दैछ भनेर प्रश्न सोधेका थिए।

साहले सरकारका उपप्रधान पोखरेललाई फास्ट ट्रयाक कहिले सम्पन्न हुन्छ भनेर प्रश्न गरेका थिए। ‘हाम्रो धैर्यताको बाँझ टुट्दैछ,’ साहले भने, 'हामी छिटो फास्ट ट्रयाक हेर्न चाहान्छौं।’

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन किन ढिलो भइरहेको छ भन्दै सरकार र पार्टीको जवाफ मागेका थिए। ‘हामीलाई अन्‍तर्राष्ट्रिय विमानस्थल चाहिएको छ,’ साहले भने, 'हामी सुन्न हैन हेर्न कुनै पनि बहानामा ढंगमा अविलम्ब चाहान्दैनौँ, यसको जवाफ चाहिएको छ किन ढिलो हुदैछ?’

हुलाकी मार्ग राणाकालदेखि बन्ने चर्चा भएको उल्लेख गर्दै कहिलेसम्म पुरा हुने र पुल निर्माण कहिलेबाट सुरु हुन्छ भनेर प्रश्न गरेका साहले हुलाकी सडकको चौडाईप्रति असन्तुष्टि जनाए। ‘अहिले १२ मिटरको बनिरहेको छ,’ साहले भने, 'राष्ट्रिय मार्ग बन्न सडक सिमा ५० मिटर आवश्यक पर्छ, अहिले भएका सडकभन्दा हुलाकी सडक सानो बनिरहेको भन्दै यसले तराई मधेसको समृद्धिमा मद्दत गर्न सक्छ?'

उनले चुरे संरक्षणको काम के भइरहेको छ हामी जान्न चाहान्छौँ भनेर प्रश्न राखेका थिए। राष्ट्रपति चुरे संरक्षणको काम करोडौँ खर्च भइसकेको भन्दै चुरिया संरक्षण भएन भने प्रदेश २ को विकास सम्भव नभएको बताए।

साहले वरदानका रूपमा रहेका तराईका नदीहरू अभिषाप भएको बताए। शासकका कारण प्रदेश-२ नदी कटान र डुबानले हैरानी व्यहोर्न बाध्य भएको भन्दै कहिलेसम्म अभिषाप हुने हो भनेर सोधेका थिए। नदीको नियन्त्रण हुन्छ की हुँदैन? हुन्छ भने यसको जवाफ चाहियो भनेका थिए।

साहले सिँचाइको विकास के भइरहेको छ? भनेर प्रश्न गरेका थिए। उनले भनेका थिए 'पानीको सहत घट्दै गएको छ। हिजोका सिँचाइ आयोजनाहरू सुक्दै गएका छन्। किसानहरू हाहाकार मारामारमा छन्।

किसानको जीवनका लागि सिँचाइमा आमुल परिवर्तन हुन्छ कि हुँदैन्? कोशीको पानी प्रदेशमा आउँछ कि आउँदैन? नारायणी सिँचाइ सुचारु हुन्छ कि हुँदैन? नेपालले पाउनुपर्ने पानी पाउँछ कि पाउँदैन्? नहर हेर्नलाई मात्र हो कि पानी पटाउनका लागि पनि हो? सिचाईको विकास के भइरहेको छ?

सदरमुकाम कहिले हाँस्छ

कार्यक्रममा सहभागि पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रोइरहेको, मुर्जेको तराईका मधेसका सदरमुकाम हराउँने भन्दै बजेट ल्याएको स्मरण गराए। उनको प्रश्न थियो, 'अहिले काम के भइरहेको छ? कहिले हाँस्छ ती शहरहरू?' स्मार्ट सिटीको लागि निजगढ, मिर्चैया र चपुर घोषणा गरिएको भन्दै भन्नलाई हो कि गर्नका लागि भनेर प्रश्न गरेका थिए।

गुणस्तरीय शिक्षा

साहले पहिलो पहाडबाट तराईमा गुणस्तरीय कलेज पढ्न आउने गरेको स्मरण गराउँदै पहिले ठूला-ठूला कलेजहरू रहको तराईका विद्यार्थी अहिले अन्यत्र जानु पर्ने अवस्था आएको उल्लेख गरेका थिए। उनले यहाँको कलेजहरूमा नयाँपन कहिले आउँछ? भनेर प्रश्न गरेका थिए।

उनले प्रदेश २ को स्वास्थ्य विकासको लागि सरकार र पार्टीको धारणा मागेका थिए। ‘पहिले दुनियालाई उपचार दिन सक्ने ठाउँ आज उपचार गराउन अन्यत्र गईरहेका छन्,’ साहले भने, 'प्रदेश स्वास्थ्यमा पछाडि परेको छ। स्वास्थ्य मृत्युदरमा हामी सबैभन्दा पछाडि छौँ। के यसलाई घटाउन सक्छौँ? गुस्तरीय अस्पताल बनाउन सक्छौँ? हो भने सरकारले कहाँ पुर्‍याएको छ काम?’

जनतालाई जवाफ दिन मन्त्री डराए

पूर्वमन्त्री साहले कार्यक्रका लागि आमन्त्रण गरिएका कतिपय मन्त्री अनुपस्थितिबारेमा समेत टिप्पणी गरेका थिए। केही मन्त्री व्यस्तताले आउन नसके पनि केही भने जनतालाई जवाफ दिन डराएर नआएको टिप्पणी गरेका थिए। उनले जनसभा सभा मात्रै नभई खबरदारी पनि भएको बताए।

‘मन्त्री हुनुहुन्छ भने समयमा काम गरेर देखाउनु,’ साहले चेतावनी दिए, 'नत्र जनता चपु लागेर बस्ने अवस्था छैन।’ उनले जनताको तर्फबाट भूमिका खेल्न तयार रहेको भन्दै कुनै पनि बहानामा एक मिनेट पनि ढिलो हुन चाहन्नौं भनेका थिए।

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महासचिव ईश्वर पोखरेल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकार र पार्टीले प्रदेश २ को समृद्धिको लागि विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरि निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मा, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति वीरेन्द्र यादवले आयोजनाबारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए।

प्रचण्डले के भने?

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रचण्डले तराई मधेसको प्रदेश २ मा अहिले विकास निर्माणका काम केन्द्रित गर्ने कुरामा पार्टी र सरकारको विशेष रुपमा ध्यान गएको अध्यक्ष प्रचण्डले बताए। ‘अब नेकपाको जिम्मेवारी आएको छ,’ अध्यक्ष प्रचण्डले भने, 'प्रदेश २ का जनताको समृद्धिको यात्रामा सम्पूर्ण ध्यान केन्द्रित जिम्मेवारी पार्टी र सरकारको विश्वास दिलाउन चाहान्छु।

तराई मधेसको जनता ईतिहासदेखि नै परिवर्तनका निम्ति, प्रगतिको निम्ति नेपाल राष्ट्रको सुरक्षाका निम्ति, राष्ट्रियताको निम्ति पहरेदार भएर आन्दोलनकारी भएर क्रान्तिकारी भएर धेरै ठूलो योगदान गरेको अध्यक्ष प्रचण्डले बताए।

उनले तराई-मधेसका जनतालाई प्रेमिकाको संज्ञा दिँदै लभरको निम्ति मधेसमा आएर आन्दोलन गर्ने उद्घोष गरेका छन्।

‘तराई-मधेसका जनतासँग मेरो लभ परेको छ भनेर मैले भनेको छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘आज म के भन्न चाहान्छु भने मेरो लभरलाई योभन्दा धेरै दुःख दिने विकास निर्माणका कामलाई गति नदिने हो भने लभरको निम्ति म यही आएर आन्दोलन तयार छु।’

नेकपा प्रदेश २ कमिटीको आयोजनामा प्रदेश २ का राष्ट्रिय गौररवको आयोजनाको गतिशिलताको जनसभालाई बाराको निजगढमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणको कामलाई गति नदिने कुरा सह्य नभएको बताए। ‘मैले यो कुरा तपाईहरुको अगाडि भन्दै आएको छु,’ अध्यक्ष प्रचण्डले भने– 'आज यो विशाल जनसभालाई पनि म तपाईंहरूलाई विश्वास दिलाउन चाहान्छु।’

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

नेकपा अध्यक्ष प्रचण्डले विकास निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कार्वाही गरिने बताए। ‘कैयौँ ठाउँमा ठेकेदारहरूले काम नगर्दा, ढिला सुस्ती गर्दा जे समस्या तपाईहरुलाई परेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यदी ठेकेदारले काम युद्ध स्तरमा गर्दैनन् भने तिनलाई के कारवार्ही गर्नुपर्छ म सरकारसँग भन्नेछु।’

आन्दोलन र अनशन गर्ने

सरकारको नेतृत्व गरेको पार्टी नेकपाका अध्यक्ष प्रचण्डले सरकारले विकास निर्माणको काममा प्रकृया अघि नबढाए आन्दोलन र अनशन गर्ने चेतावनी दिएका छन्। ‘सरकारले पनि सुन्न गाह्रो भयो म नै अनशनमा बसेर भए पनि तपाईंहरूको साथमा रहनेछु,’ अध्यक्ष प्रचण्डले भने, 'त्यो प्रकृयामा कुनै कमि हुनेछैन। यदी कुनै अवरोध आयो भने तपाईहरूसँगै काँधमा काँध मिलाएर आन्दोलन गर्ने र प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै यो प्रक्रियामा अवरोध आउन नदिने बताए।

उनले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाइ समस्या समाधान गर्ने पनि बताए। हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि रक्षामन्त्री पोखरेलले बताए।

नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक दलले विकास र समृद्धिको लागि गरेको जनसभा प्रदेश २ बाट अन्य प्रदेशमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए। उनले नेकपाले समृद्ध राष्ट्र निर्माणका लागि विभिन्न आयोजनाहरु अघि बढाईरहेको बताए।

फास्ट ट्रयाक पैदलयात्रीलाई सम्मान

कार्यक्रममा निजगढ–काठमाण्डौं द्रुतमार्ग निर्माणका लागि दबाबमूलक पैदल यात्रा गरेका युवालाई नेकपाले सम्मान गरेको छ। नेकपा अध्यक्ष प्रचण्डले टोली संयोजक रविराज दंगालमार्फत सम्मानपत्र सम्मान गरेका हुन्।

निजगढ-९ स्थित शहीद हिरालाल रंगशालामा आयोजित जनसभामा प्रदेश २ का ८ वटै जिल्लाबाट नेकपाले कार्यकर्ता उतारेको थियो। सभामा ५० हजार जनसभागिता रहेको नेकपाले दाबी गरेको छ। प्रदेश अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र सञ्चालन प्रदेश सचिव सुमनराज प्याकुरेलले गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.