|

काठमाडौं :  १३ औ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन्।  औपचारिक उद्घाटन हुनुभन्दा अगाडीनै महिला र पुरुष भलिबल आजदेखि सुरु हुन लागेको हो। 

नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन्। उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ। सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो।

सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ। नेपाल रहेको समूहमा भारत र बंगलादेश छन्। भारत स्वर्णको दाबेदार हो। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो।

आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ। खेल साँझ ७ बजे सुरु हुनेछ। पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ। 

भारत पुरुष भलिबलको समेत बलियो टिम हो। सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.