|

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानीमा सांसदहरुको टोली लिएर जाने पहिलो नेता आफु रहेको दाबी गरेका छन्।

बुधबार पोखरामा आफ्ना उमेद्वारलाई भोट माग्न आएका पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा आपत्ति जनाए।

‘अहिले राष्ट्रियताको सवालमा कम्युनिष्टहरुको झुटो प्रचारले सीमा नाघ्यो,’ उनले भने, ‘बेलामा सभामुख हुँदा कालापानीसम्म आफ्ना सांसदहरु लिएर गएको मान्छे म नै हुँ। म मात्रै पहिलो त्यो नेता हो नेपालमा जस्ले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर गएँ।’ 

उनले कम्युनिष्टका सांदहरु र तथ्यांक विभागका महानिर्देश सहितको टोली लिएर कालापानी गएको बताए।  

‘काली नदी बगेको भूभाग हुँदै लिम्पियाधुरा भन्दा पूर्व कसरी आउनु भो भनेर भारतीय सेनालाई सोध्ने म नै हुँ’, उनले भने, ‘त्यति बेला त्यहाँ प्राप्त विवरण संसदमा बुझाएकै हो।’

अहिले कम्युनिष्टहरुले जनतालाई गुम्राहमा पार्ने दुष्प्रयास गरेको उनको आरोप छ। ‘इतिहासको तथ्यलाई बंग्याउन पाइँदैन’, उनले भने, ‘कालापानीको विषयलाई पहिले नै अगाडि ल्याएको मान्छे हुँ म।’

त्यस्तै उनले उपनिर्वाचनको विषयमा नेकपाले सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने काम गरेको आरोप पनि लगाए। 

‘अहिले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पाने दुष्प्रयास भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आयोग र यहाँको स्थानीय प्रशासनलाई यो चुनावमा कतै पनि बुथ कब्जा हुने परिस्थिती आउन नदिन सचेत हुन आग्रह गर्दछु।’ 

पौडेलले कास्कीमा कांग्रेसले सही उमेद्वार चयन गरेको पनि दाबी गरे। ‘कास्कीमा उम्मेदवार छनोटले गर्दा पार्टी एकता भएको छ,’ उनले भने, ‘तटस्थ मतदाताहरुको पनि सहानुभूति  छ। त्यसैले उहाँले चुनाव जित्नु हुन्छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.