|

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलुकद (साग) मा विजयी सुरुवात गरेको छ। 

बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली महिला भलिबल टोलीले सुखद सुरुवात गरेको हो।

पहिलो सेट २५-९ ले जितेको नेपालले दोस्रो सेटमा २५-९ र तेस्रो सेटमा २५-११ ले जित हात पार्यो। भारत स्वर्णको दाबेदार मानिए पनि तुलनात्मक रुपमा कमजोर मानिएको बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गरेको छ। 

नेपालले दोस्रो खेलमा भोली भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पनि एभिसी सेट्रल जोनको च्याम्पियन बनेसँगै उच्च मनोबलका साथ सागमा उत्रिएको हो। 

पहिलो खेलमा जित हासिल गरेसँगै नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा आयोजित सागमा पनि स्वर्ण जित्‍ने लक्ष्यलाई बलियो बनाएको छ।

१३ औँ सागको औपचारिक उद्घाटन हुनुभन्दा अघि नै भलिबलका खेल सुरु भइसकेका छन्। बुधबारै साँझ ७ बजे पुरुष भलिबल टोलीले बँगलादेशसँग नै प्रतिस्पर्धा गर्दैछ। 

महिला भलिबलमा नेपाल रहेको सूमह ‘ए’ मा भारत र बंगलादेश छन्। नेपाली पुरुष भलिबल टिम पनि बंगलादेश र भारतकै समूहमा छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्‍न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.