|

काठमाडौं : काठमाडौं मलको अगाडि मध्यदिनमै सडक मर्मत गर्ने क्रममा सवारी जाममा पर्दा यात्रुले सास्ती बेहोर्नुपरेको छ। बुधबार दिउँसो काठमाडौं मलको अगाडिको सडकमा सडक विभागले धमाधम सडक मर्मत गरिरहेको थियो।

सडक मर्मत गर्दै गर्दा त्यस क्षेत्रमा घण्टौँसम्म सवारी जाम परेका थिए। यसरी सडक मर्मत कार्य दिनमा भन्दा रातको समयमा गरेमा सवारी र यात्रुहरूले सास्ती बेहोर्नु पर्ने थिएन।   

काठमाडौं उपत्यकामा सवारी साधनहरूको बढ्दो चाप र दुर्घटना जोखिम दिनानुदिन बढ्दै गएका बताइन्छ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.