तीन दिन कुर्दा पनि भेटिएनन् स्वास्थ्यमन्त्री

|

जाजरकोट : विकास निर्माणका काम बजेट अभावले पूरा गर्न समस्या भएपछि जाजरकोटका जनप्रतिनिधि संघीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन्।

जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि बजेट नभएपछि स्थानीय तहका प्रमुखहरू संघीय सरकारसँग बजेट माग गरेका हुन्। स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आवह्वान गरिसकेको तर संघीय सरकारले पठाउनु पर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि स्थानीय तहका प्रमुख संघीय सरकारसँग बजेट माग्न आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए।

रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १०  र  १२  मा निर्माण हुँन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन्। त्यस्तै, सिँचाइ गर्नका लागि छनोटमा परेका योजनामा बजेट संघीय सरकारले नपठाउँदा काम अगाडि बढाउन नसकिएको रावलले बताए।

त्यस्तै, खेलकुद मन्त्रालयले बजेट नपठाउँदा नलगाड ८ मन्मैमा रहेको रंगशाला निर्माणको काम अवरुद्ध हुँदै आएको छ। सडक, खानेपानी निर्माणका लागि बजेट प्रयाप्त नभएकाले बढाउन संघीय सरकारसँग अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए। अधिकार दिने तर पैसा नदिने परिपाटीले गर्दा काम गर्न समस्य हुँदै आएको उनको भनाइ छ। 

त्यस्तै, भेरी नगरपालिकाले कालिकामा निर्माण गर्न लागेको भ्यु टावरमा बजेट नहुँदा काम सञ्चालन हुन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। उनले पटक-पटक ताकेता गर्दा पनि बजेट नगरपालिकामा नजाँदा काम सुरु गर्न नसकिएको बताए। तीन दिनसम्म काठमाडौं बस्दा पनि स्वास्थ्य मन्त्रीलाई भेट्न नसकिएको उनको गुनासो छ।

ऊर्जा मन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आएकै दिन भेट्न पाएका जनप्रतिनिधिले स्वास्थ्य मन्त्रीलाई भने तीन दिनसम्म भेट गर्न नपाएको गुनासो गरेका हुन्। खानेपानी मन्त्री विमा मगरलाई वन मन्त्रालयमै भेट भए पनि अन्य मन्त्री भेट्न मुस्किल भएको गुनासो स्थानीय तहका प्रमुखले गरेका छन्। वन मन्त्री र ऊर्जा मन्त्रीले जाजरकोट मंसिर १७ गते भ्रमण गरेर थप योजना र गुनासो सम्बोधन गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.