|

तनहुँ : आँबुखैरेनी गाउँपालिका-५ लेस्थरमा डोजर बाटो खनेको हेर्न जाँदा ढुंगाले लागेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मंगल भुजेलका २ वर्षीय छोरा विशाल भुजेल रहेका छन्।

डोजरले लेस्थर–बरालुङवेशी जोड्ने कच्ची सडकखण्डमा बाटो खनिरहेको हेर्न जाने क्रममा माथिबाट खसेको ढुंगाले लागेर विशालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार डोजरले बाटो खनेको हेर्न सोही ठाउँका ७० वर्षीय बुद्धराम भुजेल, उनको नाती ११ वर्षीय सोमे भुजेल विशालसँगै गएका थिए।

उनीहरूसमेत ढुंगाले लागेर घाइते भएका छन् भने सोमेको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोमेको टाउकोमा चोट लागेको छ भने बुद्धरामको हात र खुट्टामा सामान्य चोट लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.