राष्ट्रपति ३५ मिनेट अस्पतालमा बिताएर निवास फिर्ता

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग करिब १५ मिनेट कुराकानी गरेकी थिइन्।

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल पुगेकी हुन्। प्रधानमन्त्री ओली शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा रहेका छन्।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रिफिङसमेत गराएका थिए। करिब ३५ मिनेट अस्पतालमा बिताएर उनी राष्ट्रपति निवास शीतल निवास फर्किएकी थिइन्।

यसअघि स्वास्थ्य अवस्था बुझ्न गएका कोही पनि भिआइपीले प्रधानमन्त्री ओलीलाई भेट्न पाएका दिइएको थिएन। चिकित्सकहरूले उपचारको गम्भीरतालाई ख्याल गर्दै प्रधानमन्त्रीसँग कसैलाई पनि भेट्न नदिएका हुन्।

अहिलेसम्म उपचारमा संलग्न चिकित्सकको टोली र श्रीमती राधिका शाक्यले मात्रै प्रधानमन्त्रीलाई भेट्न पाएका छन्। हिजोसम्म पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीकै सल्लाहकार टोलीले पनि चिकित्सकसँग परामर्श गर्दै फर्किरहेका थिए। आज दिउँसो भने सल्लाहकार र नेकपा महासचिव बिष्णु पौडेलले संक्षिप्त भेट गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.