|

काठमाडाैं : शिव सेनाका प्रमुख उद्धव ठाकरे भारतको महाराष्ट्र राज्यका १९औं मुख्यमन्त्री बनेका छन्। ठाकरेले बिहीबार साँझ मुम्बईको ऐतिहासिक शिवाजी पार्कमा महाराष्ट्रको नयाँ मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

५६ जना विधायक रहेको शिवसेनाका प्रमुख ठाकरे राष्ट्रवादी कांग्रेस पार्टी एनसिपी र कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उद्धव ठाकरे महाराष्ट्रको चर्चित राजनीतिक घराना ठाकरे परिवारबाट मुख्यमन्त्री बन्ने पहिलो सदस्यसमेत हुन्।

उद्धव ठाकरेसँगै एनसिपीबाट जयन्त पाटिल, छगन भुजबल, शिवसेनाबाट एकनाथ शिन्दे, सुभाष देसाई र कांग्रेसबाट बालासाहेक थोराट र नितिन राउतले मन्त्री पदको सपथ लिएका छन्।  ठाकरे मुख्यमन्त्री बनेसँगै महाराष्ट्रमा एक महिनादेखिको सत्ता संकट अन्त्य भएको छ। 

महाराष्ट्र विधानसभामा कुल २ सय ८८ सिट रहेकाे छ। अघिल्लो महिना भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी १ सय ५ विधायकसहित सबैभन्दा ठूलो पार्टी बन्दा शिव सेना ५६ विधायकसँगै दोस्रो ठूलो पार्टी बनेको थियो।

यस्तैगरी, एनसीपिका ५४, काँग्रेसका ४४ रहेको छ। मिलेर चुनाव लडेका शिव सेना र भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाए पनि सत्ता भागबण्डामा कुरा नमिलेपछि सरकार बन्न सकेको थिएन।

यसअघि देवेन्द्र फड्वीसले विधानसभामा बहुमत सावित गर्न नसकेपछि पदबाट राजीनामा दिएका थिए। अनपेक्षिक रूपमा सथप ग्रहण गरेका फड्वीसलाई अदालतमा शिवसेना, नेशनल कंग्रेस पाटी एनसिपी, कंग्रेसले चुनौति दिएका थिए।

त्यसपछि अदालतले तत्काल बहुमत सावित गर्न २४ घण्टाको समय दिएको थियो। अल्पमतमा पर्ने देखिएपछि उनले समयसीमाभन्दा एक दिनअगाडि नै राजीनामा दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.