|

सिन्धुपाल्चोक : शुल्कवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)ले चौतारा बहुमुखी क्याम्पसको लेखा शाखामा लगाएको ताला २३ औं दिनमा मंगलबार खुलेको छ। भौतिक शुल्कको नाममा प्रत्येक विद्यार्थीसँग एक हजार पाँच सय रुपैयाँ उठाएको भन्दै क्रान्तिकारीले ताला लगाएको थियो।

५ सय रुपैयाँमात्र शुल्क लिने क्याम्पस प्रशासनको निर्णयपछि ताला खोलेको क्रान्तिकारीका इन्चार्ज मिलन लामाले बताए। यस्तै, योग्यता पुगेका अध्यापकलाई मात्र शिक्षण कार्यमा लगाउन र उपप्रध्यापक तहलाई मात्र प्रशासनिक जिम्मेवारी दिन क्रान्तिकारीले राखेको मागबारे पनि छिटै निष्कर्षमा पुग्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष नगेन्द्रप्रसाद दंगालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.