|

काठमाडौं : नयाँ वर्षको पूर्वसन्ध्यामा टर्कीको इस्तानबुलमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा त्यहाँको प्रहरीले शंकास्पद् व्यक्तिलाई पक्राउ गरेको छ । आक्रमणको झण्डै तीन सातापछि मुख्य अभियुक्त मानिएका अब्दुल कादिर माशारिपोभलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उज्वेकिस्तानका नागरिक माशारिपोभलाई इस्तानबुलको ईसेन्युर्ट जिल्लाबाट पक्राउ गरिएको हो। प्रहरीले अनुहारमा चोट लागेका व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ। उनलाई चार वर्षीय छोरासहित किर्गिज साथीको घरमा बसिरहेको बेला पक्राउ गरिएको र उनीसँगै उनका साथी र तीन महिलालाई पनि नियन्त्रणमा लिइएको टर्किस मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

उनी श्रीमती र दुई बालबालिकासहित मध्य टर्कीको कोन्यामा बस्दै आएका थिए। यसअघि उनले टर्की छाडेको हुनसक्ने आशंका गरिएको थियो। ३९ जनाको मृत्यु भएको यस घटनाको जिम्मेवारी आइएसआइएसले लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.