|

इंग्लिस जाइन्ट म्यानचेस्टर युनाइटेड र अर्को उपाधि दाबेदार आर्सनल युरोपा लिग फुटबलमा पराजित भएका छन्।

युनाइटेड काजिकिस्तानको क्लब एफसी अस्टनासँग २–१ ले पराजित हुँदा आर्सनल भने जर्मनीको क्लब इन्ट्राच्ट फ्रान्फर्टसँग २–१ लेनै पराजित भयो। दुबै इंग्लिस क्लबले सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेका थिए।

आर्सनलले पहिलो हाफको अन्तिम मिनेटमा पिएरे अउब्यामेयाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। तर, घरेलु मैदानमा आर्सनल दोस्रो हाफमा लगातार दुई गोल खान पुग्दा पराजित भयो। 

फ्रयांकफर्टका लागि ५५ र ६४ मिनेटमा जापानी खेलाडी दाइची कामदाले दुई गोल गर्दै टिमलाई जित दिलाएका थिए। बिहीबार राति भएको समूह चरणको खेलमा युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग उसकै मैदानमा पराजित हुन पुगेको हो। युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिंगार्डले युनाइटेडलाई अग्रता दिलाए।

खेल सुरु भएको १० मिनेटमानै पाएको अग्रतापछि युनाइटेड केही आत्माविश्वासी देखिएको थियो। उसले गोलका केही राम्रा अवसर पनि बनायो। तर, पहिलो हाफमा उसले थप गोल गर्न नसक्दा १–० कै अबस्थामा युनाइटेड अग्रता कायम गर्न सफल भयो।

तर, दोस्रो हाफ युनाइटेडका लागि बिर्सनलायक रह्यो। ५५औं मिनेटमा दिमित्री शोम्कोले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीको अवस्थामा पु¥याए। घरेलु दर्शकको उल्लेख्य साथ रहेको खेलको ६२औं मिनेटमा डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २–१ ले विजयी रहन सफल भयो।

पराजयका वाबजुद युनाइटेड समूह एलमा १० अंकका साथ शीर्ष स्थानमा कायम छ। नकआउट चरणमा पुगिसकेको युनाइटेडले पाँच खेलबाट तीन जित एक हार र एक बराबरी खेलेको छ। अस्टनाको भने यो पाँच खेलमा पहिलो जित हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.